तपाईँको दैनिकी राशिफल थाहा पाउनुहोस् ।
आजको पञ्चाङ्ग
वि.सं. २०८० साल ,१२ गते,२३ अप्रिल २०२३
(सुर्योदय = ०५:३० AM, सुर्यास्त = ०६:३३ PM)
बार : मंगलबार
तिथि: शुक्ल पञ्चमी विहान ०९ : ५४ सम्म तत्पश्चात् शुक्ल षष्ठी
करण : बालव ९:५४ am सम्म तत्पश्चात् कौलव १०:३८ pm सम्म तत्पश्चात् तैतिल ११: २१ am सम्म
नक्षत्र: आद्रा ४:२३ am सम्म त्यसपछि पुनवर्सु
योग : अतिगण्ड ०७:५९ AM सम्म तत्पश्चात सुकर्मा
चन्द्र राशी : मिथुन ११:५५ PM २०८०-१-१
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ बाट नाम आउनेहरूका लागि आजको दिन सुखमय रहेको छ।आकस्मिक धन र नयाँ वस्त्रको लाभ हुनसक्छ।मित्रजनहरूको सहयोगमा शत्रुमाथि विजय हुनुका साथै छोटो दूरीको यात्रा हुनसक्छ।
बृष
इ, उ, ए, ओ, बा, बि, बु, बे बाट नाम आउनेहरूका लागि भने आजको दिनमा मन असन्तुष्ट हुनेछ। स्वास्थ्यमा खराबी हुनुका साथै व्यापार व्यवसायमा घाटा व्यहोर्नुपर्ला।कुनै पनि कार्य गर्नु अघि गणेशजीको प्रार्थना गर्नुहोला।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह बाट नाम आउनेहरूका लागि आजको दिन अनुकुल रहेको छ । हाँसो खुसीमै दिन बित्नेछ। । मन प्रसन्न रहनुका साथै दाम्पत्य जीवन पनि सुखर रहला।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो बाट नाम आउनेहरूका लागि भने आजको दिन अनावश्यक खर्च हुनसक्छ । कुनै व्यर्थको कार्यमा उल्झनुपर्ला। कुनै पनि कार्य गर्नु अघि श्रीगणेशको स्मरण गर्नुहोला।
सिंह
मा ,मि, मु ,मे ,मो ,टा, टि,टु, टे बाट नाम आउनेहरूका लागि आजको दिन भययुक्त रहनेछ।स्वास्थ्यमा गडबडी होला।आजको दिन श्री हनुमानको पूजा आदि गर्नाले शुभफल प्राप्त हुन सक्नेछ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो बाट नाम आउनेहरूका लागि आजको दिन उत्साहमय रहनेछ ।स्वास्थ्यस्थिति राम्रो हुनुका साथै कार्य पूरा होलान् । ठुला व्यक्तिहरूबाट प्रेरणा र हौसला मिल्ला।राम्रो कामले गर्दा मान सम्मान पनि पाइनेछ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते बाट नाम आउनेहरूका लागि आजको दिन त्यति सन्तोषजनक नरहला।व्यापार व्यवसायमा लाभ नमिल्ला। सरकारी निकायबाट भय रहला ।कार्य सुरु गर्नु अघि भगवान् गणेशको पूजा आदि गरेर कार्य गर्नुहोला।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु बाट नाम आउनेहरूका लागि
आजको दिन मनमा कुनै प्रकारको अशान्ति छाउनेछ।एक्कासि आइपर्ने घटना आदिले गर्दा मन खिन्न हुने अवस्था छ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे बाट नाम आउनेहरूका लागि आजको दिन खुशीयालीले छाउनेछ। कार्यव्यापारमा सुखद समाचार आउनेछ। सुगम यात्रा र स्वास्थ्यमा लाभ हुनेछ।धनको प्राप्ति हुने योग रहेको छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि बाट नाम आउनेहरूका लागि भने आजको दिन राम्रो रहेको छ।अधुरा कामहरू बन्नेछन्।विरोधीहरूमाथि विजय प्राप्त हुन्छ ।स्वास्थ्य स्थिति पनि निको रहला।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द बाट नाम आउनेहरूका लागि आजको दिन कष्टकर रहला। मन खिन्न हुने अवस्था आउनेछ।स्वास्थ्य स्थितिमा लनि सजक रहनुहोला
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि बाट नाम आउनेहरूका लागि
आजको दिन निराशाजनक रहन सक्छ । पारिवारिक समस्याले गर्दा मन अशान्त रहला।कसैसँग बोल्दा विचार पुर्याएर बोल्नुहोला।
—शास्त्री संयोग बस्याल





