आजको पञ्चाङ्ग
वि.सं. २०८० साल वैशाखशुक्ल अष्टमी तिथि १५ गते शुक्रबार,
तदनुसार २८ अप्रिल २०२३
आज विहानको ०५:२८ बजे सूर्योदय भएर साँझ ०६:३६ बजे सूर्यास्त हुनेछ।
करण : बव ४:१६ pm सम्म तत्पश्चात् बाव ५:२८ am सम्म तत्पश्चात् कौलव ६:४० pm सम्म
नक्षत्र : पुष्य १०:०७ am सम्म त्यसपछि अश्लेषा
योग : शूल ९:५३ am सम्म तत्पश्चात् गण्ड
चन्द्र राशी : कर्कट ०१:०३ pm २०८०-१-१६
तपाईँको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईंको मन अशान्त र अस्थिर रहनेछ। झिनामसिना काममा अल्झनुपर्ला।खर्च बढ्न सक्छ।सजग हुनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला । स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भइएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईँको आजको दिन अनुकूल रहेको छ। व्यापार व्यवसाय फस्टाउनेछ।वैदेशिक रोजगारतर्फ पनि सफलता प्राप्त हुनेछ।
कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)
रोकिएका कामहरू पुन: सुचारु हुनेछन्।सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ।शेयर बजार तर्फ भने खासै उपलब्धि नहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंको लागि आजको दिन अनुकूल नरहला । आफ्नो अधिकारका लागि लड्नुपर्मेछ। आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला । व्यर्थ को कार्यमा आफ्नो उर्जा खर्च हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापार व्यवसायमा लाभ भई राजनैतिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको साथ सहयोग मिल्नेछ तर क्रोधभाव भने बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजको दिन रमणीय र सुखद् यात्राको योग रहेको छ।प्रेममा पनि मधुरता छाउनेछ।सहयोगी भावनाको विकास हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)
आजको दिन एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ।प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ।दिनको उत्तरार्ध भने त्यति उत्तम छैन।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मध्यम खालको रहेको छ।गरिरहेको कामलाई निरन्तरता दिनु लाभ हुन्छ।नयाँ कार्यको थालनी नगर्दा राम्रो।
मकर (जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा राम्रो नतिजा प्राप्त हुनेछ। आँटे ताकेको कार्य पूरा हुनेछ।मन प्रसन्न रहनुका साथै नोकरीबाट मानसम्मान मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभ कार्यको चर्चा चल्नाले मन प्रसन्न रहला। स्वास्थ्यमा लाभ प्राप्त होला । नयाँ सीप र ज्ञा सिक्ने मौका मिल्न्छ।
मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)
आजको दिन परिश्रमपूर्वक गरेका कामले राम्रै नतिजा ल्याउनेछ्।मिष्ठान्न प्राल्त होला।महिलामित्रबाट विशेष साथ प्राप्त होला।
राशिफल जे जस्तो भए पनि शुभकार्यहरू गरी दिनको सुरुवात गर्नुहोला।
— शास्त्री संयोग बस्याल




