आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल वैशाखशुक्ल नवमी तिथि १६ गते शनिबार,
तदनुसार २९ अप्रिल २०२३
आज विहानको ०५:२७ बजे  सूर्योदय भएर साँझ  ०६:३७ बजे सूर्यास्त हुनेछ।
करण : बालव ५:२८ am सम्म तत्पश्चात् कौलव ६:२९pm सम्म कतत्पश्चात्  तैतिल ७:४९ am सम्म
नक्षत्र : अश्लेषा १:०२ pm सम्म त्यसपछि मघा
योग :गण्ड १०:४६ am सम्म तत्पश्चात् वृद्धि
चन्द्र राशी : कर्कट ०१:०३ pm २०८०-१-१६

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाईंको आजको दिन  चोटपटकको भय छ सचेत हुनुहोला।मालसामान पनि हराउन सक्छ

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार व्यवसायमा वृद्धि हुँदै जाला।कार्यलाभ हुनेछ।शुभकार्यले गर्दा प्रशंसकहरू पनि बढ्नेछन्।पुराना समस्याहरू टर्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्त जनबाट साथ सहयोग मिल्नुका साथै कार्यना सफलता मिल्मेछ।कीर्तिमानी काम गर्न सकिने समय रहेको छ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

आज विभिन्न मनोरञ्जनमा सहभागी भइएला।सुखद् यात्रा हुनेछ।नयाँ कार्यको थालनी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यात्रामा सामान हराउन सक्छ सजग हुनुहोला।अनावश्यक खर्च हुनसक्छ।मौसमले गर्दा स्वास्थ्यमा गडबडी होला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

आज घरमा नयाँ अतिथिको आगमन हुनेछ।मनमा उत्साह रुमङ्ग हुनेछ।बोलेको पुग्ने समय छ।वौदेशिक कार्यमा सफलता मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

दैनिक कार्यमा सफलता मिल्नेछ।आटे ताकेको काम पूरा हुनेछ।शुभकार्यको चर्चा चल्नेछ।परका नाता लागेका व्यक्ति आउन सक्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

आजको दिन प्रेम सम्बन्धमा मधुरता छाउनेछ।नयाँ कार्यको थालनी हुनुका साथै धार्मिक यात्रा पनि हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज कार्य सम्पादनमा विघ्नबाधा आउनेछ।भोजन आदिमा खर्च बढ्नेछ।अनावश्यक यात्रा पनि हुन सक्छ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन स्वास्थ्यप्रति सजग रहनुहोला।कला र गलाको प्रभाव बढ्नेछ।बौद्धिक कार्यमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अधुरा कामहरू पूर्ण हुनेछन्।विद्याको क्षेत्र सबल हुनेछ।मन्दिरादिको दर्शनले विशेष ऊर्जार उत्साह प्राप्त हुनेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

आजको दिन चिताएका कामले तीव्रता पाउनेछन्।वैदेशिक कार्यमा सफलता मिल्नेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।काम गर्ने उत्साह बढेर आउनेछ।

तपाईँको राशिफल जे जस्तो भए पनि श्रीगणेशको स्मरण गरि आजको दिनको सुरुवात गर्नुहोला।

— शास्त्री संयोग बस्याल

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा