देशभर न्यून चापीय प्रणालीको प्रभाव: तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण देशभरको मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले गर्दा अहिले कोशी, मधेस र बागमती प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने र अन्य बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना देखिएको छ।

विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, बाँकी उच्च पहाडी तथा हिमाली भूभागका पनि एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

तराईका क्षेत्रमा भने विशेषगरी पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लाग्ने देखिएको छ। मौसममा आएको यो परिवर्तन र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा