एक सातामा सुन २३,६०० र चाँदी ७०५ रूपैयाँले बढ्यो, यस्तो रह्यो साताभरिको उतारचढाव

काठमाडौं । नेपाली बजारमा यो साता सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भई नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ।

साताको पहिलो दिन माघ ४ गते आइतबारदेखि ९ गते शुक्रबारसम्मको कारोबारलाई विश्लेषण गर्दा सुनको भाउ प्रतितोला २३ हजार ६०० रूपैयाँ र चाँदीको भाउ ७०५ रूपैयाँले बढेको छ। साताको प्रारम्भमा आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० र चाँदी ५ हजार ४८५ रूपैयाँमा कारोबार भएको थियो।

साताभरिको उतारचढाव हेर्दा, सोमबार सुन ४ हजार २०० र चाँदी १६० रूपैयाँले बढेको थियो। मंगलबार सुन २ हजार ७०० ले बढ्दा चाँदी भने २० रूपैयाँले घटेको थियो। बुधबार बजारमा ठूलो उछाल आयो, जहाँ सुन १० हजार ४०० र चाँदी १८५ रूपैयाँले वृद्धि भयो। बिहीबार सुन २ हजार ९०० र चाँदी १० रूपैयाँले ओरालो लागे पनि साताको अन्तिम दिन शुक्रबार पुनः सुन ९ हजार २०० र चाँदी ३२० रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

यस वृद्धिसँगै शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दु ३ लाख १ हजार ४०० रूपैयाँ पुगेको छ भने चाँदी ६ हजार १९० रूपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उत्तारचढावका कारण स्थानीय बजारमा यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूले बताएका छन्। एकै सातामा भएको यो उच्च वृद्धले बजारमा नयाँ तरंग पैदा गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा