मौसम अपडेट: पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने र तराईका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि तराईका केही भागमा तुवाँलो लाग्ने र पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ। चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा