मौसम अपडेट: तीन प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी तथा हिमाली भूभागको मौसममा बदलाब आएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका साथै पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने भए तापनि बाँकी समयमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्ने देखिएको छ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

चिसोको प्रभाव र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा