मौसम अपडेट: तीन प्रदेशका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि फागुन ५ गते मङ्गलबार देशका विभिन्न भू-भागको मौसममा आंशिक बदली रहने देखिएको छ।

विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

मङ्गलबार दिउँसो तराईका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने हुनाले यातायात तथा जनजीवनमा केही प्रभाव पर्न सक्ने देखिएको छ। देशका अन्य उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागे पनि बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहनेछ।

रातिको समयमा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बादल लाग्ने र गण्डकी प्रदेशका केही उच्च स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। तराईका केही क्षेत्रमा भने राति तुवाँलो लाग्न सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा