निजामती विधेयकको नयाँ मस्यौदा सार्वजनिक: कर्मचारीको उमेर हद ६० वर्ष र राजनीति गरे बर्खास्त गर्ने प्रस्ताव

काठमाडौँ । सरकारले ४८ वटा नयाँ प्रावधान समेटिएको संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पार्नुभएको उक्त मस्यौदा शुक्रबार सार्वजनिक गरिएको हो।

विधेयकको मस्यौदामा निजामती कर्मचारीको उमेर हद हालको ५८ वर्षबाट बढाएर ६० वर्ष कायम गर्न प्रस्ताव गरिएको छ। यस्तै, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्बन्धमा नयाँ अभ्यासको प्रस्ताव गरिएको छ। जसअनुसार अब प्रमुख प्रशासकीय अधिकृतहरूलाई प्रदेशगत रूपमा एकमुस्ट मुख्यमन्त्री कार्यालयमा पठाइने र त्यहाँबाट स्थानीय तहमा पदस्थापन गरिने उल्लेख छ।

विधेयकले निजामती कर्मचारीहरूलाई राजनीतिक दलसँग आबद्ध हुन पूर्ण रूपमा निषेध गरेको छ। मस्यौदाको ४८ औँ बुँदाअनुसार कुनै पनि कर्मचारीले राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि उम्मेदवार बनेमा कडा कारबाही गरिनेछ। यस्तो अवस्थामा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा