आजको मौसम: पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा अत्यधिक गर्मी

काठमाडौँ । आज २०८३ वैशाख १४ गते सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने सम्भावना छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने देखिएको छ। पहाडी क्षेत्रमा वर्षाको सम्भावना भए तापनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आज पनि अत्यधिक गर्मी र ‘तातो दिन’ हुने सम्भावना रहेको छ। गएराति पनि देशका पहाडी र हिमाली भेगमा बदली रही केही स्थानमा वर्षा भएको महाशाखाले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा