मौसम अपडेट: देशभर बदली, पहाड र हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले मौसममा उल्लेख्य बदलाव आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले हाल देशभर साधारणतया बदलीको अवस्था रहेको छ।

आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी र हिमाली क्षेत्रमा मौसम पूर्णतया सफा हुने देखिँदैन। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। तराईका भू-भागमा भने राति आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। चट्याङ्ग र वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा