आजको मौसम: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा चट्याङ्गको जोखिम

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले मौसममा बदली आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था रहेको छ।

आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा समेत चट्याङ्गसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी र हिमाली क्षेत्रमा मौसम पूर्णतया सफा हुने देखिँदैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। तराईका भू-भागमा भने राति आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। वर्षा र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा