कोशी, बागमती र गण्डकीमा मध्यम वर्षा र हिमपातको सम्भावना, तराईमा पनि हल्का वर्षाको सङ्केत

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सङ्केत देखिएको छ भने तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। ती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने आंशिक बदली रहनेछ। वर्षा र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा