भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित करणीमा परेको बताएकी छन् ।१२ दिन अघि भारतको बैंङ्ग्लोर आएर लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी युवतीले आफु माथि यस्तो घटना भएको बताएकी हुन् ।

उनले आफुलाई न्याय दिन माग गरेकी छन् ।युवतीले यस्तो कुरा सार्वजनिक गरेपछि क्वारेन्टिनमा त’नाव उत्पन्न भएको छ । स्थानियले वडा कार्यालय तो’ड फो’ड गरेका छन् । युवतीले आफुलाई स्वयं सेवक बताउने युवाहरुले नै आफुमाथि यस्तो ह’र्कत गरेको बताएकी छन् ।

यस्तो घटना लुकाउन खोजेको भन्दै स्थानिय आ’क्रो’शित भएका छन् ।उनीहरु तो’ड’फो’डमा उत्रिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ति युवतीले आफुलाई स्वयं सेवक बताउनेहरुले रातीमा आएर ढोकामा आएर बोलाएपछि के काम रहेछ भनेर बाहिर निस्कदा अर्को कोठामा लगेर सामुहित करणी गरेको बताएकी छन् ।

एक जनाले त्यस्तो हर्कत गर्दागर्दै अर्को स्वयं सेवक त्यहाँ आएको र उनीसंग सहयोग माग्दा उल्टै ति अर्का ब्यक्ति पनि आफु माथि जाइलागेको युवतीको आ’रोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले घटनावारे जा’हेरी नपरेको भएपनि आफुहरुले अनुसन्धान सुरु गरेको बताएका छन् ।

उनले आफुमाथि त्यस्तो ह’र्कत गरेका उनीहरुले भिडियो पनि खिचेको बताएकी छन् । बारम्बार ढोकामा आएर ढोका खोल्नु भनेका ति युवाहरुलाई प्रहरी बोलाउने चे’ता’वनी दिदा पनि नमानेको उनको भनाई छ । बारम्बार बोलाए पछि के काम रहेछ भनेर बाहिर जाँदा आफु माथि त्यस्तो घटना भएको उनले बताइन् ।उनी आफु विवाहित भएको र छोराछोरी समेत भएको बताएकी छन् ।

भिडियो खिच्ने युवाले आफुसंग पैसा मागेको उनको दावी छ । ‘पैसा नदिए भिडियो भा’इरल बनाइदिन्छु भनेर ध’म्की दिए, उनले भनेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा