केरुङमा रहेका १४ सय नेपाली सुरक्षित, १ सय जना तातोपानी नाका हुँदै फर्कँदै

काठमाडौँ । चीनको केरुङ क्षेत्रमा रहेका करिब १ हजार ४ सय नेपाली नागरिकहरू पूर्ण रूपमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाटो अवरुद्ध भएका कारण त्यहाँ रोकिएकामध्ये करिब १ सय १४ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको जानकारी दिए। सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण खबरहरूको खण्डन गर्दै उनले केरुङमा रहेका नागरिकहरू हराएको नभई सडक अवरोधका कारण रोकिएको स्पष्ट पारे।

यसैबिच, परराष्ट्र मन्त्रालयले रसुवाको बाढीपछिको खोज, उद्धार तथा राहत कार्यबारे काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई औपचारिक ब्रिफिङ गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा भएको ब्रिफिङमा विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा