दाङमा यसरी मृत अवस्थामा फेला परे सशस्त्र प्रहरी जवान

दाङमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र नुवाकोट निवासी अन्दाजी २९ वर्षिय रमेश लामा तामाङ झु’न्डि ‘एको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आएको बुझिएको छ । उनी लमहीको एभरेस्ट प्लाजा होटलमा बाँस बसेको र विहान ८ः ३० बजे होटलका साहुलाई एकछिन बाहिर जान्छु भनी होटलबाट बाहिर निस्किएको बुझिएको छ । शवलाई पो ‘ष्ट ‘मार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

१० लाख डोज कोरोनाको खोप नेपाल आयो,
भारतबाट नेपालले झिकाएको १० लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ । नेपाली भूमिमा कोरोना खोप भित्रिएसँगै सरकारी अधिकारीहरुमा एक किसिमको खुशीको माहोल श्रृजना भएको छ । यो खोप देशैभर स्वास्थ्यकर्मीलाई एकैपटक लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी रहेको छ ।

त्यसका लागि खेर जाने समेत जोडेर करिब ५ करोड डोज खोप चाहिने आकँलन स्वास्थ्य मन्त्रालयको छ ।नेपालमा खोप ल्याउन र यसको बितरणका लागि काम गरिरहेका डा. झलक शर्माका अनुसार स्वास्थ्यकर्मीहरुलाई लगाइने खोप र अन्य जनतालाई लगाउन ल्याइने खोपको काम सगँसँगै जानेछ ।

यस्तो स)ख्या नेपालमा ९ लाख हाराहारीमा रहेको र त्यसका लागि दुई डोज लगाउन २० लाख खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आकलन छ । यसमा झण्डै २ लाख डोज खेर जाने मात्रा समेत जोडिएको छ ।भारतबाट आउने खोप यही जनसंख्यालाई लगाउने सरकारी तयारी छ। अपुग संख्यालाई किनेर बाँकी खोप लगाउने स्वास्थ्य ान्त्रालयले जानकारी दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा