आज संविधान दिवस तथा राष्ट्रिय दिवस: देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । ऐतिहासिक संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै आज (शनिबार) देशभर विविध कार्यक्रमका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। वि.सं. २०७२ असोज ३ गते संविधान सभाबाट जनताका प्रतिनिधिद्वारा निर्मित संविधान जारी भएको घोषणा गरिएको थियो।

दिवसका अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिद्वारा विशेष समारोह आयोजना गरिएको छ। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत राज्यका उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहनेछ।

सङ्घीय राजधानीका अतिरिक्त सातै प्रदेश सरकार, स्थानीय तह, विभिन्न राजनीतिक दल, नागरिक समाज तथा संघ–संस्थाहरूले पनि अन्तरक्रिया, प्रभातफेरी तथा रचनात्मक कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्। संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धि र विकासको मार्गमा अघि बढाउन सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा