सोमबार अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराई भेगमा बदली

काठमाडौँ । सोमबार देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारणतया बदली रही हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा साधारणतया बदली रहने आकलन गरिएको छ।

दिउँसोको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात तथा मधेश प्रदेशलगायत विभिन्न प्रदेशका तराई भू-भागमा मध्यमसम्मको वर्षा हुने आकलन छ।

रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा साधारणतया बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा