श्रम गरेपछि मात्र राहत पाइने भो !

लमजुङ- कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेकालाई श्रम गरेपछि मात्र राहत वितरण गरिने भएको छ ।

जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रममा आधारित राहतको व्यवस्था गर्ने निर्णय गरेको हो ।

सो गाउँपालिकाले यसअघि एक हजार २०० परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको जनाएको छ । अब गाउँपालिकाले श्रम गरेपछि मात्र राहत दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए।

उनले भने, ‘हामीले श्रमका आधारमा राहत वितरण गर्नेछौँ । यसरी श्रम गरेर राहत दिँदा श्रमलाई माया गर्ने, विश्वास गर्ने र सबै कुरामा राज्यसँग निर्भर हुनु नपर्ने हुँदा राज्यलाई समेत कम भार पर्ने भएकाले श्रम गरेर मात्र राहत दिने निर्णय पालिकाले गरेको छ ।’

त्यस्तै सो बैठकले अत्यावश्यक वस्तुको ओसारपसारका लागि प्रयोग हुने सवारी साधन आवश्यकताको आधारमा सम्बन्धित वडाध्यक्षको सिफारिसमा मात्र सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।

गाउँपालिकाभित्र रहेका सबै सरकारी तथा गैरसकारी सङ्घसंस्था, बैंक तथा वित्तीय क्षेत्र, अत्यावश्यक सेवा प्रवाह गर्ने व्यापार व्यवसायले स्वास्थ्य सुरक्षाका लागि मास्क, साबुनपानी तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा