३ हजार घर भाडाको तिर्न नसकेपछि आमाछोरीलाई घरबेटीले यसरी निकालिदिए (भिडियो हेर्नुस्)

पोखरा । पोखरामा भाडामा बस्ने एक महिला अहिले ३ हजार रुपैया भाडा तिर्न नसकेपछि अहिले घरवार विहिन भएकी छन् । उनले आफु घरमा बसेको कोठावाट दिनमा लगायतार ५ पटक भाडा माग्न आएपछि अहिले उनी रुँदै वाहिर निस्केकी छन् । उनले आफु बसेको घरमै घरभित्रका काम समेत गरिदिने गरेको बताइन् । आफुले घरको सबैकाम गरिदिँदा पनि भाडा भने महिनाको १ गते नै भाडा दिने गरेको बताइन् । उनले आफुले अहिले भाडा तिर्ने पैसा नभएको र पछि कमाएर तिर्छु भनेर भन्दा पनि दिनहुँ गा’ली गर्ने गरेको बताइन् ।

एक छोरीलाई लिएर कोठा भाडामा लिएर बसेकी महिला अर्काको घरमा काम गरेर बस्दै आएकी थिइन् । श्रीमानसंग छुटेर एक्लै वस्दै आएकी उनको अहिले छोरी ११ वर्षको भइसकिन् । सोही घरमा बस्दै आएकी महिला अहिले कोठामा ग्यास नभएको हुँदा केही दिन देखि चिउरा खाएर बसेको बताएकी छन् । उनले त्यो चिउरा पनि सकिएपछि देहत्याग गर्ने मनस्थितिमा पुगेको पनि बताइन् । उनले भनिन्, खाने कुरा केही नभएपछि देहत्याग गर्ने सोचमा पुगेकी थिए। पछि यही छोरीको मायाले मर्न पनि सकिन ।

उनले आफुले श्रीमानसंग छुटेपछि सानो काखे छोरीलाई हुर्काएर ११ वर्षको बनाएको बताएकी छन् । महिनाको ३ हजार रुपैया भाडा तिर्दै आएकी उनलाई लकडाउन पछि भाडा तिर्न नसक्दा घरभेटी नै निकै दुख दिने गरेको बताइन् । उनले आफुलाई निकै समस्या परेपछि पोखराकै एक युट्युवरलाई फोन गरेर आफ्नो पीडा सुनाएकी थिइन् । त्यो कुरा थाहा पाएर सहयोग गर्न अन्य ब्यक्ति पुगेपछि घरभेटीले आफुहरुको बेइज्जत गरेको भन्दै फेरी पीडा दिएको बताइन् ।

म देहत्याग गर्न बाध्य भए भनेर युट्युवरलाई रुँदै फोन गरेपछि उनलाई सहयोग गर्न पुगेका थिए । उनले अरु कुनै उपाय नभएका कारण बाध्य भएर मिडियामा फोन गरेको बताएकी छन् । त्यो घरमा बस्न नसकेपछि उनीहरुकै सहयोगमा ति महिला कोठा पनि सरेकी छन् । उनलाई केही सहयोगीले आफ्नो घरमा लिएर गएका छन् । लामो समय देखि भएको लकडाउनका कारण समस्यामा परेकी महिलाले चामल किन्ने पैसा जुटाउन आफ्नो मोवाइल बेच्न खोजेकी थिइन् । तर त्यो मोवाइल पनि कसैले किनिदिएन । घरभेटीलाई पैसा तिर्न नसक्दा सम्मका लागि यहि मोवाइल राख्नु भन्दा पनि पैसा नै चाहिन्छ भनेर दवाव दिएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा