नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालालाई क्वारेन्टाइन नबनाउने छलफल भइरहेको छ ।

काठमाडौंमा नोबेल कोरोना भाइरस (कोभिड १९) ले विराल रुप लिए त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई क्वारेन्टाइन बनाउन सकिने छलफल कै बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसको विकल्प खोज्ने तयारी गरेका छन ।

निर्माणाधीन अवस्थाको नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालालाई क्वारेन्टाइन नबनाउने छलफल भइरहेको छ ।यसअघि राखेपले आफ्ना मातहतका सबै संरचना क्वारेनटाइन बनाउन सकिने बताएको थियो । तर, निर्माणधीन अवस्थामा रहेको रंगशालालाई क्वारेन्टाइन बनाउँदा त्यसले मैदानलाई असर गर्ने बारे अहिले छलफल भइरहेको एन्फा अध्यक्ष शेर्पाले बताए ।

काठमाडौं जिल्ला प्रशासनले तीन पटक मैैदान भिजिट गरिसकेको छ । तर, अझै क्वारेन्टाइन बनाउने वा अन्य कतै सार्ने भन्ने निश्चित नभएको शेर्पाले बताए ।

‘राखेप पनि हाम्रो कुरामा सकारात्मक छ । अहिले निर्माणको काम लकभग सकिएको अवस्थामा क्वारेन्टाइनमा परिणत गर्दा समस्या आउने शेर्पा बताउँछन् ।
बर्खा याममा पानी मैदानको घाँस हप्ता दिनमा एक फिटभन्दा बढी बढ्ने भएकाले त्यसको मेन्टेनेन्स महत्वपूर्ण रहेको उनी बताउँछन् ।

‘बर्खा याममा घाँस एकदम छिटो बढ्छ । अहिले दुई–दुई दिनमा घाँस काटिरहेको हुन्छ ।

अध्यक्ष शेर्पाले यति रंगशाला प्रयोग नै गर्नु परे त्यसको विकल्प खोज्न एन्फा तयार रहेको बताए ।

‘अहिले मैदानको काम भइरहेको छ । सकेसम्म यसलाई प्रयोग नगरौं । सिल गरेर तयार गर्नु पर्छ । यति रंगशालामा राख्नै पर्ने अवस्था आए त्यसको क्षेत्रफल हेरेर यसको विकल्प खोज्नुपर्छ, ’ शेर्पाले भने, ‘यति रंगशाला प्रयोग हुने अवस्था आयो भने त्यसको विकल्पमा व्वाइज युनियनले अभ्यास गर्ने गरेको वागमती किनार, फ्रेन्ड्स क्लबले अभ्यास गर्ने गरेको मैदान लगायतमा व्यवस्थापन गर्न सकिन्छ ।’

क्वारेन्टाइन बनाउँदा मैदानको घाँस विग्रन्छ । सम्म परेको मैदानमा टेन्ट राख्दा टेन्टमा पानी छिर्छ । पानी टेन्टमा जाँन रोक्ने हो भने कुलो खन्नु पर्ने हुन सक्छ । कुलो खन्दा मैदान फेरि बनाउनँदा अनावश्यक खर्च बढ्छ,’ अध्यक्ष शेर्पाले भने ।

अहिले एन्फाका संरचनाहरुमा धरान फुटबल ऐकेडेमी क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको छ भने बुटबलको एकेडेमी आइसोलेसनका रुपमा प्रदेश सरकारले प्रयोग गरिरहेको छ । ललितपुरको एन्फा कम्प्लेक्स आवश्यक पर्दा ललितपुर महानगरले क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरि सम्झौता भइसकेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै देश लकडाउन गरेको पनि दुई महिना पुरा भइसकेको छ । अहिलेसम्म नेपालमा जम्मा ६ सय ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा