मध्य रातमा श्रीमतीले टाउको दुख्यो भन्दै चिच्याउन थालिन्, जुरुक उठेर बुढी भन्दा भन्दै श्रीमती ढलेपछि !

धादिङ्ग सत्यदेबी गाउँपालीका वडा न ४ निवासी राजु थापा मगरले आफ्नी श्रीमती बचाउन सबै संग अपिल गरेका छन्। ३६ बर्षिय राजु थापा मगरकी श्रीमती २६ बर्षिय अञ्जना थापा मगर २०७७ -पुस २९ गते राती अचानक टाउको दुख्यो भन्दै ढलेपछि सोही रात काठमान्डूको टिचिंग हस्पिटलमा ल्याइएको थियो। रातीको खाना खाएर श्रीमान,श्रीमती र दुइ छोरा सुतीरहेका हुन्छन् ।

अकस्मात मध्य रातमा श्रीमतीले टाउको दुख्यो भन्दै चिच्याउन थालिन् तब राजुको मनमा तनाब बढ्न थाल्यो। जुरुक उठेर बुढी भन्दा भन्दै श्रीमती ढलेपछि राजु झन् आत्तिन्छन्। मध्य राती छिटो हस्पिटल लैजान सकिएला भनेर उनी छिमेकी आफन्त बोलाउछन्। घरमा कलिला दुइ छोराहरुको रुवाबासी सुनेर पनी मुटु माथी ढुङ्गा राखेर राता रात बेहोस श्रीमतीलाई काठमान्डू टिचिंग हस्पिटल लिएर आइपुग्छन्।

कोरोना संक्रमणको चरम अवस्था अनी बिरामीको चापले पनी होला हस्पिटलमा बेड अभाब भएपछी भोलीपल्ट सामाखुसीको अल नेपाल हस्पिटलमा लैजान्छन्। दयनीय आर्थिक अवस्था भएपनी गाउँमा दुख सुख गरेर नाबालक दुइ छोराहरु र २५ बर्षकी प्यारी जीवन संगिनी अञ्जना थापा मगरको साथमा रमाइरहेका ३५ बर्षिय राजु थापा मगरलाई ठुलो दसाले घेर्यो।

अकस्मात बल्डप्रेसर ले हानेर बेहोस भएकी श्रीमतीको महिनौं सम्म पनी होस खुलेन, भएको सम्पती गरगहना सबै उपचारमा सकियो। हस्पिटलमा तिर्न बाँकी रकम नहुँदा उपचारमा ढिलाई भएको छ। अब कसरी पैसा जुटाउने उनी अन्योलमा छन्। सबैको सहयोगले अल नेपालको ४ महिनाको उपचार पछि काठमान्डूको महाराजगंजमा अवस्थित सहारा हस्पिटलमा फिजियोथेरापी संगै अन्य उपचार गराइरहेका राजु बिगत एक बर्ष देखि श्रीमतीलाई निको बनाएर पुन गाउँ जाने आसमा हस्पिटलमै बिरामी श्रीमती कुरेर बसेकाछन्।

अहिले श्रीमतीको स्वस्थ अवस्थामा केही सुधार भएपनी हस्पिटलमा लाग्ने खर्च नहुँदा उनी निक्कै आत्तिएका छन्। त्यसमाथी हस्पिटलमा अझै दुइ लाख  रकम तिर्न बाँकीनै छ। श्रीमतीको उपचार गर्नेकी छोराहरु पाल्ने अन्योलमा रहेका राजुले हामी संगको कुराकानीमा आफुँ संग अब मर्नु बाहेक कुनै बिकल्प नरहेको भन्दै भक्कानिए।

यो लिंक खोलेर पुरा भिडियो हेर्नुहोस

 

अहिले श्रीमतीको स्वस्थ अवस्थामा केही सुधार भएपनी हस्पिटलमा लाग्ने खर्च नहुँदा उनी निक्कै आत्तिएका छन्। त्यसमाथी हस्पिटलमा अझै दुइ लाख जती रकम तिर्न बाँकीनै छ। श्रीमतीको उपचार गर्नेकी छोराहरु पाल्ने अन्योलमा रहेका राजुले हामी संगको कुराकानीमा आफुँ संग अब मर्नु बाहेक कुनै बिकल्प नरहेको भन्दै भक्कानिए।

यो लिंक खोलेर पुरा भिडियो हेर्नुहोस

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा