पाकिस्तानमा बिमान दुर्घटना, ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार रहेको बिमान ल्याण्ड गर्ने क्रममा दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँचीमा ९० यात्रु र ८ जना चालक दलका सदस्य चढेको विमान दुर्घटना भएको छ । विमान मानव वस्तीमा दुर्घटना भएको हो । लकडाउन खुला गरेर हवाई उडान सुरुचारु गरेकै बेला एक विमान दुर्घटना भएको हो ।


पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको बताइको छ । पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

घटनास्थलमा धुवाँ उडेको देखिएको र थप जानकारी आउने क्रममा छ । ९८ जना चढेको विमान दुर्घटना भएको जानकारी आएको भएपनि क्षतीको थप विवरण भने आउन बाँकी नै छ ।पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।

तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरुमा इमरजेन्सी घोषणा गरेको छ ।

दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा