आजको पञ्चाङ्ग
वि.सं. २०८० साल ज्येष्ठशुक्ल षष्ठी तिथि , १२ गते शुक्रबार,
तदनुसार मे २६,२०२३ ।
आज विहान ०५:१२ मिनेट जाँदा सूर्योदय भएको छ भने साँझ ०६:५१ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज तैतिल नामको करण रहेको छ भने अश्लेषा नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी ध्रुव नामको योग रहेको छ ।
त्यस्तै कर्कट राशिमा चन्द्रमा रहनेछन्।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरूका लागि आजको दिन बन्धुबान्धव,मित्र,सहयोगीहरको साथ र समर्थनले आफ्नो महत्त्वपूर्ण कार्य सहजै सम्पन्न बन्नसक्छ।कसैलाई थाहै नदिई गरेको कार्यमा सफलता प्राप्त गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि हुनेहरूका लागि आजको दिन आफ्नो कला,गला,प्रतिभा देखाउने समय रहेको छ।घरमा अतिथिको आगमन अथवा नयाँ सदस्य थपिन सक्ने योग रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।साथीको सल्लाहले जीवनको क्षेत्रमा महत्त्वपूर्ण कुरामा हात बढाउन सकिनेछ।वाणीमा कुशलता आउनुका साथै हर्षोल्लासले दिन बित्नेछ।
कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)
कर्कट राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।सेवा,शुश्रूषामा मन जानेछ।आर्थिक कारोबारमा पनि शुभफल प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरूका लागि आजको दिन सम्बन्धमा झैझगडा कलहले गर्दा आफ्नो मान,प्रतिष्ठामा आँच आउन सक्नेछ सजग हुनुहोला।तर धार्मिक कर्महरूमा पनि पाइला सर्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूका लागि आजको दिन कुनै कार्यको जिम्मेवारी पाइन सकिनेछ।धार्मिक तीर्थस्थलको दर्शनले गर्दा आत्मिक ऊर्जा मिल्नेछ।गरीब दु:खीहरूलाई सहयोग गर्नमा सरिक भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।रमाइलो र ममोरञ्जनमा दिन बित्नेछ।घरबाट टाढा भएकाहरूको घरको यात्रा हुन सक्छ।सामाजिक कार्यमा सहभागी भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)
वृश्चिक राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् भने सामाजिक र धार्मिक कार्यले गर्दा भ्रमण हुन सक्छ।परका आफन्तसँग नजिकन पनि सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि हुनेहरूका लागि आजको दिन अनुकूल छैन।घरायसी झिनामसिना कामहरूमा उल्झिएर धेरै समय व्यतीत हुनसक्छ।आर्थिक कारोबारमा पनि मन्दी छाउनेछ।
मकर (जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।अरूलाई सहयोग गर्नमा मन जानुका साथै सम्पत्ति जम्मा गर्ने सुअवसर प्राप्त होला।हर्षोल्लास,रमाइलोमा दिन बित्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।धार्मिक कार्यमा मन लाग्नुका साथै समाजसेवामा सरिक भइनेछ।मित्रबन्धुसँग भेटघाट हुनेछ भने मन प्रसन्न पनि रहनेछ।त्यस्तै आर्थिक लाभ पनि हुनसक्ला।
मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)
मीन राशि हुनेहरूका लागि आजको रचनात्मक कार्यमा जुट्ने अवसर प्राप्त होला।कला,गलाको प्रभावले प्रशंसा बटुल्ने समय रहेको छ।परोपकारमा मन जानुका साथै हर्षोल्लासले सनय बित्नेछ।
आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन शुभकर्म गरेर मात्र दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।
–शास्त्री संयोग बस्याल
( परामर्शका लागि – [email protected])





