आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठशुक्ल नवमी तिथि , १४ गते आइतबार,
तदनुसार मे २८,२०२३ ।
आज विहान ०५:१२ मिनेट जाँदा  सूर्योदय  भएको छ भने साँझ  ०६:५१ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज  बव नामको करण रहेको छ भने पू.फाल्गुन्र्‍ नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी  हर्षण नामको योग रहेको छ ।
त्यस्तै सिंह राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन पहिलेदेखि रोकिएका अधुरा कार्यहरू पूर्ण हुनेछन्।मन प्रसन्न रहनेछ।मनोरञ्जनात्मक एवं फाइदाजनक यात्राको पनि योग रहेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन मानसिक चिन्ताले गर्दा मन खिन्न हुनेछ।पारिवारिक माया,सद्भाव प्राप्त नहुँदा निराश भइनेछ।यात्रा आदिमा पनि सावधानी अपनाउनुपर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन एकपछि अर्को  अवसर आउनाले मनमा हर्ष छाउनेछ ।सानो तर रमाइलो यात्राको पनि सम्भावना रहेको छ ।त्यस्तै जागिर गर्नेहरूका लागि पनि आजको दिन शुभ रहेको छ ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ ।प्रतिस्पर्धात्मक कार्यमा विजयी भइनेछ।धार्मिक कार्यहरूमा सहभागी पनि हुन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन पारिवारिक साथ र सद्भाव प्राप्त हुनेछ।हाँसखेल ,मनोरञ्जन र रमाइलोसँग दिन बित्नेछ।शैक्षिक क्षेत्रमा शुभसमाचार प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि  आजको दिन मालसामान हराउन सक्ने सम्भावना छ सुरक्षित हुनुहोला।मन कमजोर हुनाले अनावश्यक भयले सताउनेछ।आफ्नामान्छेसँग झैझगडा पर्नसक्छ ख्याल गर्नुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको  दिन शुभ रहेको छ।आकस्मिक धनलाभ प्राप्त हुनुका साथै रोकिएका पुराना कामहरू सहजै पूर्ण हुनेछन्।कुनै नयाँ कार्यको चर्चा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन परिश्रम अनुसार शुभफल प्राप्त हुन्छ।आँटे,ताकेको कार्य पूरा हुनेछ सामाजिक कार्यबाट मानसम्मान मिल्नेछ

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन व्यापार व्यवसायमा फाइदाजनक उपलब्धि हुनेछ।मनमा शान्ति एवं मुहारमा कान्ति छाउनुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन अरूलाई गरेका वाचाहरू पूरा गर्न नसकेका खण्डमा दोषारोपण व्यहोर्नुपर्नेछ।माटो आदिको कार्यमा भने शुभ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन दाम्पत्य जीवन सुमधुर बन्नेछ।परिवारको सहयोगले नयाँ कार्यको आश पलाउनेछ।साथीभाइसँग मित्रताको सम्बन्ध बलियो बन्नेछ ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन बुद्धिमतापूर्ण कार्यले गर्दा कठिन काम पनि सहजै सम्पन्न हुनेछन्।अधिकार प्राप्तिका लागि गरिएको कार्यमा सफलता प्राप्त हुनेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि तपाईँको आजको दिन मङ्गलमय होस्।

-शास्त्री संयोग बस्याल
( परामर्शका लागि – sangambasyal427@gmail.com)

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा