५ रुपैयाँले घट्यो डिजेलकाे मूल्य, पेट्रोलकाे कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ। निगमले पुष १६ गते बिहान १ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन मूल्य  समायाेजन गरेकाे हाे ।

निगमका अनुसार  पेट्रोलमा प्रतिलिटर ४  रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर  ५  रुपैयाँ  घटेकाे छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर  ६ रुपैयाँ  र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले घटाइएको छ।

साथै, एल.पी. ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखी एल. पी. ग्याँसको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा