राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने बताएका छन् ।
पोखरामा मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै उनले हामीले बोक्नुपर्ने कोही पनि छैनन् र समानुपातिक सूचीमा विभिन्न कारणले त्रुटि भएको भन्दै त्यसलाई सच्याउन रास्वपा तयार रहेको बताएका हुन् ।
‘विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका साथीहरू छन् । कतिपय समय अभावले पनि भएको छ । कतिपय प्राविधिक कुराहरू छन्, कतिपय केही समस्याहरू छन्,’ एउटा कुरा के हुन्छ भने नियतमा समस्या हुँदैन, निर्णयहरू कहिलेकाहीँ तलमाथि भएपनि सच्याउन सकिन्छ । साथीहरूले बुझिदिनुहोला, हामीले बोक्नुपर्ने कोही पनि छैनन् । सच्याउनुपर्ने कुरा सच्याइन्छ ।’
