काठमाडाैं । आइतबारदेखि काठमाडाैंकाे भृकुटिमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ ।
आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुने हाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।





