रिमाले पनि छाेडिन कुलमानकाे साथ, रास्वपाकै समानुपातिक सूचीमा रहने

काठमाडाैं । कुलमा घिसिङ नेतृत्वकाे उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट अलग्गिए पनि रिमा विश्वकर्मा भने रास्वपामै बसेकी छन् ।

कुलमान निकट रहेकी विश्कर्मा रास्वपाकाे समानुपातिक सूचीमै यथावत रहेकी हुन् ।

रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उनको नाम यथावत् राखिएको छ। रिमा दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्।

शनिबार रवी लामिछाने र कुलमान नेतृत्वकाे यी दुई पार्टीबीचको एकता १२ दिनमै टुटेकाे हाे ।
कुलमानसँग रास्वपाले आजै निर्वाचन आयोग गएर बन्दसूची अद्यावधिक गरेको थियो। त्यसमा विश्वकर्माको नाम यथावत राखिएको हो।

रिमाले उज्यालो नेपाल पार्टीलाई आफू कहाँ रहने भने स्पष्ट जवाफ नदिएपछि उज्यालो पार्टीले उनलाई नसमेटी अन्य पार्टीसँग मिलेर समानुपातिक सूची बुझाउने तयारी गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा