काठमाडौं । यस साता लगातार सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गर्दै आएको छ। बुधबार पनि सुनकाे भाउ बढेर उच्च बिन्दु कायम गरेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सिुनकाे मूल्य प्रतिताेला १५०० रूपैयाँ बढेर २ लाख ६८ हजार रूपैयाँ पुगेकाे छ।
हिजाे पनि ताेलामा १ हजार ८०० रूपैयाँ बढेर सुनकाे भाउ २ लाख ७६ हजार ५०० रूपैयाँ पुगेकाे थियाे । मंगलबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै चाँदीको भाउ उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।





