चुनावका लागि भारत सरकारले दियो ६० भन्दा बढी पिकअप सवारीसाधन

काठमाडौं । भारत सरकारले नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरणमा ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन उपलब्ध गराएको छ।

मंगलबार काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतबाट प्राप्त निर्वाचन सहयोगको पहिलो खेप गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरिएको हो। गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारीसाधन र सामग्रीका लागि भारत सरकार तथा भारतीय जनताप्रति आभार व्यक्त गरे।

नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. राकेश पाण्डेले आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरेको सहयोगअन्तर्गत ती सामग्री प्रदान गरेका हुन्। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार यो सहयोग नेपाल सरकारको आवश्यकता अनुरूप प्रदान गरिएको हो।

भारतीय दूतावासले दिएकाे जानकारी अनुसार आगामी निर्वाचनका लागि भारतले करिब ६५० वटा सवारीसाधन सहयोग गर्ने छ, जसलाई आगामी केही हप्ताभित्र विभिन्न चरणमा उपलब्ध गराइनेछ।

नेपाल सरकारको अनुरोधपछि भारतले सन् २००८ देखि निरन्तर रूपमा नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा