साताको अन्तिम कारोबार दिन सामान्य अंक बढ्यो नेप्से, ९ अर्ब माथिकाे सेयर काराेबार

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। बुधबार समान्य अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ९.२३ अंक बढेर २७ सय १४ दशमलव ६१ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशत बढेको छ। यस्तै आज कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशत घटेको छ।

आज बैंकिङ म्युच्युअल फण्ड र व्यापार समुह बाहेक सबै समुहकाे सेयर बढेकाे छ। यस दिन फाइनान्स समुहकाे उपसूचक सर्वाधिक २.३८, विकास बैंक १.५१, उत्पादन तथा प्रशाेधन १.३५ र हाेटल तथा पर्यटन १.२६ प्रतिशत बढेकाे छ भने व्यापार समुह सर्वाधिक १.१६ प्रतिशत घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा