जगदिश खरेललाई आयोगले सोध्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदिश खरेललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मनोनयन दर्ता गर्ने क्रममा आयोगले तोकेको मापदण्डभन्दा बढी संख्यामा समर्थक र झण्डा प्रयोग गरेको भन्दै आयोगले उनीसँग जवाफ मागेको हो।

आयोगले खरेललाई तीन दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका खरेल पूर्वसञ्चारमन्त्री समेत हुन्।

उनले निर्वाचनमा उत्रिनकै लागि गत असोज ५ गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा