विद्याकी देवी सरस्वतीको भक्तिपूर्वक पूजा, मन्दिर र विद्यालयमा विशेष रौनक

काठमाडाैं । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, ज्ञान, विद्या र कलाकी देवी सरस्वतीको पूजा गर्ने पर्व का रूपमा सरस्वती पूजा मनाइँदै छ ।

वसन्त पञ्चमी’ का नामले चिनिने यस पर्वलाई नेपाली समाजमा केवल धार्मिक अनुष्ठान मात्र नभई बौद्धिक चेतना र नयाँ सिकाइको प्रस्थानविन्दुको रूपमा समेत लिने गरिन्छ।

आज बिहानैदेखि काठमाडौंका नील सरस्वती, स्वयम्भू र ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। रोचक पक्ष त के छ भने, पशुपति क्षेत्रमा रहेको सरस्वतीको मूर्तिलाई बौद्ध धर्मावलम्बीहरूले ‘मञ्जुश्री’ का रूपमा पूजा गरी धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

देशभरका विद्यालय र शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूले आफ्ना कलम, कापी र पुस्तकलाई सरस्वतीको प्रतीक मानेर श्रद्धापूर्वक पूजा गरिरहेका छन्। आजकै दिन सिकाइ, अध्ययन र सृजनशीलताको सुरुवात गर्ने दिनका रूपमा रूपमा बालबालिकाहरुलाई अक्षराम्भ गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा