आज पश्चिम नेपालमा वर्षा र हिमपातकाे सम्भावना, काठमाडौँको न्यूनतम तापक्रम भने बढ्याे

काठमाडौँ । पश्चिमी वायुको सक्रिय प्रभावका कारण आज शुक्रबारदेखि देशका विभिन्न भू-भागमा वर्षा र हिमपात सुरु हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको हिउँदयामको पहिलो ‘माघे झरी’ का रूपमा पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेको हो।

आज दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु भई साँझपख सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा हुनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा असिनासमेत पर्न सक्ने विभागले प्रक्षेपण गरेको छ।

बागमती र कोशी प्रदेशका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ। आज राति भने देशभरका उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमस्तरको हिमपात हुने देखिएको छ। लामो खडेरीपछि हुन लागेको यो वर्षा र हिमपातले हिउँदे बालीनालीलाई निकै फाइदा पुग्ने छ।

शनिबारदेखि मौसममा केही सुधार देखिए पनि देशभर बदलीको असर रहने र चिसो बढ्ने भएकाले स्वास्थ्यको विशेष ख्याल गर्न सुझाव दिइएको छ।

यता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा झन्डै २ डिग्री सेल्सियस बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियसमा उक्लिएको हो।

हिजो (बिहीबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे ३.५ डिग्री सेल्सियसमा झरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा