ताेलाकाे ३ लाख नाघ्याे सुनकाे भाउ, आज एकैदिन ९ हजार २०० रुपैयाँले बढ्याे

काठमाडौं । बिहिबार घटेको सुनको मूल्यले शुक्रबार फेरी ऐतिहासिक रेकर्ड कायम गरेको छ। आज एकैदिन सुनको भाउ ९ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

सुनको मूल्यले आज पहिलो पटक ३ लाखको बिन्दु पार गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ। हिजो छापावाल सुन तोलमा २९०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीले पनि उच्च रेकर्ड कायम गरेकाे छ। चाँदीकाे भाउ एकैदिन ३२० रूपैयाँले घटेर ताेलाकाे ६ हजार १९० रूपैयाँ पुगेकाे छ।

हिजाे चाँदी तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ८७० रुपैयाँमा किनबेच भएकाे थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा