सुन र चाँदीको मूल्यमा फेरि रेकर्ड ब्रेक, कति पुग्याे ताेलकाे ?

काठमाडाैं । आइतबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर पुनः एतिहासिक बिँदुमा पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो ।

पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २९० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा २९० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा