सेयर बजारमा झिनो सुधार: नेप्से ५.३८ अंकले बढ्दा कारोबार भने साढे ११ अर्बमा खुम्चियो

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार मापक नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। अघिल्लो दिन (मङ्गलबार) ४२.५८ अंकको उच्च गिरावट व्यहोरेको बजारमा आज भने ५.३८ अंक (०.१९ प्रतिशत) को वृद्धि देखिएको हो। यससँगै नेप्से परिसूचक २ हजार ७३१ दशमलव ८९ विन्दुमा पुगेर रोकिएको छ।

आज बजारमा मिश्रित प्रभाव देखिएको छ। वाणिज्य बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहका उपसूचकहरू ओरालो लागेका छन्। बाँकी सबै समूहका सूचकहरूमा हरियाली छाएको छ। आज फाइनान्स उपसमूह को सेयर मूल्य सर्वाधिक १.२४ प्रतिशत ले बढेको छ।

सर्वाधिक नाफा कमाउने कम्पनीहरू प्रतिकूल बजारका बीच पनि आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशत ले बढेको छ। त्यस्तै, मिथिला लघुवित्त, पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रो पावरको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।

बजार परिसूचकमा सुधार देखिए पनि सेयर कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ। आज ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँ मा किनबेच भएको छ।

जबकि मङ्गलबार ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा