बालेन शाहको काठमाडौँस्थित घरमा तोडफोड, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं। राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा रहेका नेता बालेन्द्र शाह (बालेन) को काठमाडौँस्थित निवासमा शुक्रबार राति तोडफोड भएको छ।

अज्ञात समूहले उहाँको घरको गेटको ग्रिल फुटाएर क्षति पुर्‍याएको काठमाडौँ प्रहरी परिसरले जनाएकाे छ।

घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्यले गेट फुटाइएको हुनसक्ने प्रारम्भिक अनुमान गर्दै प्रहरीले यसबारे गम्भीर अनुसन्धान अघि बढाएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसारको सिलसिलामा हाल कर्णाली प्रदेशमा रहेका बालेनको घरमा घटनाका बेला को-को थिए र के-कति धनमाल चोरी भयो भन्नेबारे प्रहरीले विस्तृत विवरण संकलन गरिरहेको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा रहेका शाहको निवासमा भएको यो तोडफोडलाई प्रहरीले चोरीको प्रयास माने पनि अन्य कोणबाट समेत छानबिन भइरहेको जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा