काठमाडौं । पछिल्लो तिन दिन लगातार घटेको सुनको मूल्य मंगलबार बढेको छ। आज सुन प्रतितोला ३७ रुपैयाँले बढेको हो । स अघि शुक्रबार सुनको भाउ तोलामा २० हजार ५००, आइतबाार १८ हजार ८०० र सोमबार १३ हजार ४०० रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा १३५ सय रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा झरेको थियो ।




