सर्वसाधारणका लागि खुल्याे रिज लाइन इनर्जीकाे आईपीओ, दिने हाेइन त आवेदन ?

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गते, बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर जारी गरी बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख २२ हजार कित्ता शेयर निष्कासन गरेको हो। कुल निष्कासनमध्ये ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ लाख ८५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४२ हजार २०० कित्ता शेयर सफलतापूर्वक बाँडफाँट भइसकेको छ। सोही प्रक्रियाको निरन्तरता स्वरूप बाँकी रहेको शेयर अहिले सर्वसाधारणका लागि खुल्ला गरिएको हो।

यस आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस शेयरमा छिटोमा आगामी फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा