सेयर बजारमा लगातार चौथो दिन पनि अन्योल, ८ अर्ब ६९ करोडको कारोबार हुँदा नेप्से स्थिर

काठमाडौं । नेपाली सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि उत्साह फर्कन सकेको छैन। बुधबार दिनभर उतारचढावपूर्ण रहेको बजार अन्तिम समयमा आएर स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झट्ट हेर्दा रातो संकेत देखिए पनि घटेको अंक नगण्य रहेकाले बजार मंगलबारकै २६ सय ६२ विन्दुमा कायम भएको हो। अघिल्लो दिनको तुलनामा बजारमा कुनै ठूलो फेरबदल नभएपछि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत मिलेको छ।

बजार स्थिर रहे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ। आज दिनभरमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच भएको छ। जबकि मंगलबार ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयरको कारोबार भएको थियो। कारोबार रकममा भएको यो वृद्धिले बजारमा तरलता र लगानीकर्ताको सक्रियता अझै पनि बलियो रहेको देखाउँछ।

आजको बजार बन्द हुँदासम्म कुल ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा