काठमाडौँ । ज्योतिष शास्त्र अनुसार आज २०८२ माघ २९ गते बिहीबारको दिन ग्रहहरूको गोचर र नक्षत्रको प्रभावले १२ राशिका व्यक्तिहरूको जीवनमा विभिन्न उतारचढावहरू आउन सक्ने देखिन्छ। बिहीबारको दिन विशेष गरी भगवान विष्णुको उपासना र पहेँलो रङको प्रयोग शुभ मानिन्छ। हेर्नुहोस् आजको राशिफल:
-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक कार्यमा रुचि बढ्नेछ र मान-सम्मान प्राप्त हुनेछ। रोकिएका कामहरू पुन: सुरु गर्नका लागि आजको दिन उत्तम छ।
-
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। परिवारमा सुखद वातावरण रहनेछ र आर्थिक लाभको योग छ।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): नयाँ कार्यको थालनी हुनेछ। आत्मविश्वास बढ्नेछ र साथीभाइबाट पूर्ण सहयोग मिल्नेछ।
-
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनावश्यक खर्च बढ्ने र काममा केही अवरोध आउन सक्ने भएकाले संयम रहनुहोला। स्वास्थ्यमा सजग रहनुहोला।
-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आम्दानीका स्रोतहरू बढ्नेछन् र वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। सन्तान पक्षबाट खुसी मिल्नेछ।
-
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): कार्यस्थलमा आफ्नो प्रभाव जमाउन सफल हुनुहुनेछ। नयाँ रोजगारीको अवसर प्राप्त हुन सक्छ।
-
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): धार्मिक यात्राको योग छ। भाग्यले साथ दिनेछ र रोकिएका महत्वपूर्ण कामहरू सहजै सम्पन्न हुनेछन्।
-
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा केही समस्या देखिन सक्छ। जोखिमपूर्ण लगानीबाट टाढै रहनुहोला र गोप्य कुराहरू कसैलाई नसाँट्नुहोला।
-
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ। व्यापार व्यवसायमा राम्रो प्रगति हुने र साझेदारीका कामहरू सफल हुनेछन्।
-
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): प्रतिस्पर्धामा विजय मिल्नेछ र शत्रुहरू परास्त हुनेछन्। मामाघर तर्फबाट सहयोग प्राप्त हुन सक्छ।
-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): बौद्धिक कार्यमा सफलता मिल्नेछ र नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुखद रहनेछ।
-
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): घरजग्गा सम्बन्धी विवाद पर्न सक्छ। मनमा केही अशान्ति छाउने भएकाले ध्यान र योगमा समय बिताउनु राम्रो हुनेछ।





