विश्वभर विविध कार्यक्रमका साथ ‘विश्व रेडियो दिवस’ मनाइँदै

काठमाडौँ । आज विश्वभर विभिन्न कार्यक्रमका साथ ‘विश्व रेडियो दिवस’ मनाइँदैछ। रेडियो सञ्चारको महत्त्वलाई उजागर गर्दै सञ्चार विज्ञ, प्रसारक र श्रोताहरूको सहभागितामा यो दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फेब्रुअरी १३ मा यो दिवस मनाउने गरिन्छ।

रेडियोको महत्त्वबारे जनचेतना फैलाउन, सूचनाको पहुँच सुनिश्चित गर्न र विश्वभरका प्रसारकहरूबीच सहकार्य सुदृढ तुल्याउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ। लोकतान्त्रिक संवादका लागि एक सशक्त मञ्च मानिने रेडियो अझै पनि विश्वस्तरमा सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमको रूपमा स्थापित छ।

कम लागतमा सञ्चालन गर्न सकिने र दुर्गम क्षेत्रसम्म सहजै पुग्न सक्ने भएकाले विपद् व्यवस्थापन र आपत्कालीन सूचना प्रवाहमा रेडियोको भूमिका अतुलनीय रहँदै आएको छ।

यस वर्षको अवसरमा युनेस्कोका महानिर्देशक खालेद एल-एनानीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितका लागि हुनुपर्नेमा जोड दिँदै रेडियोले इमानदारीका साथ सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ।

नेपालमा पनि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक श्रीराम पौडेलले समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि रेडियो एक अद्वितीय माध्यम भएको उल्लेख गर्नुभएको छ।

दिवसका अवसरमा विभिन्न रेडियो स्टेशनहरूले विशेष अन्तरक्रिया, प्रतियोगिता र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा