‘सूर्य अस्त नेपाल मस्त’ को अवस्था अन्त्य गर्छौँ, अब राति पनि काम हुन्छ: विश्वप्रकाश शर्मा

तनहुँ । नेपाली कांग्रेसका सभापति विश्वप्रकाश शर्माले मुलुकको द्रुत विकासका लागि अब ‘राति पनि काम गर्ने नेपाल’ को अवधारणा अघि बढाउनुपर्ने बताएका छन्।

तनहुँको दमौलीमा आयोजित एक सभालाई सम्बोधन गर्दै शर्माले आगामी १० देखि १५ वर्षभित्र नेपाललाई समुन्नत बनाउन २४ सै घण्टा काम गर्ने संस्कृतिको विकास आवश्यक रहेकोमा जोड दिए।

विगतका कमजोरीको जिम्मेवारी लिँदै शर्माले पुँजीगत बजेट खर्चको अवस्था निराशाजनक रहेकोप्रति चिन्ता व्यक्त गरे। बितेको ६ महिनामा १६ प्रतिशतभन्दा कम पुँजीगत खर्च हुनु दुःखद भएको भन्दै उनले अब कांग्रेसले तीन सिफ्ट (८-८ घण्टा) मा काम गर्ने पद्धति र संरचनागत सुधार ल्याउने प्रतिबद्धता जनाए।

“धनी देश बेलायतले राति पनि पूर्वाधार निर्माणको काम गर्छ भने गरिब देश नेपाल ‘सूर्य अस्त नेपाल मस्त’ भएर बस्न मिल्दैन,” शर्माले भने। उनले अबका भौतिक पूर्वाधार निर्माणका कार्यहरू तीनवटै चरणमा सञ्चालन गरेर विकासको गतिलाई तीव्रता दिने संकल्प व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा