नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ आज सार्वजनिक हुँदै: जनकपुरमा विशाल सभा, १ लाख मतदाता उतार्ने दाबी

काठमाडौँ । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो चुनावी सङ्कल्प (प्रतिज्ञापत्र) आज सार्वजनिक गर्दैछ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने एक विशेष ‘प्रतिज्ञा सभा’ मार्फत कांग्रेसले आफ्नो चुनावी एजेण्डाहरू सार्वजनिक गर्न लागेको हो।

सभालाई कांग्रेस सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेसले मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिन जनकपुरलाई प्रतिज्ञापत्र सार्वजनिक गर्ने थलोको रूपमा रोजेको जनाएको छ।

मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवका अनुसार यसपटक मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, युवा रोजगारी र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ। विशेषगरी सभापति थापा स्वयं मधेसको सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेकाले पनि कांग्रेसले मधेसलाई यसपटक राष्ट्रिय राजनीतिको केन्द्रमा राखेको देखिएको छ।

जनकपुरमा हुने कार्यक्रम लगत्तै आजै दिउँसो ४ बजे काठमाडौँको सानेपास्थित केन्द्रीय कार्यालयमा प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरी प्रतिज्ञापत्रका विस्तृत बुँदाहरूबारे जानकारी गराउने कार्यक्रम रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा