बढ्दाे विदेश पलायनः तीन महिनामा ६१४ जनाले त्यागे नेपाली नागरिकता

काठमाडाैं । पछिल्लो तीन महिनाको अवधिमा ६ सय १४ जना नेपालीले आफ्नो नागरिकता परित्याग गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार, विदेशमा स्थायी बसोबास गर्ने र विदेशी नागरिकता लिने प्रक्रियाका कारण ठूलो संख्यामा नेपालीहरूले आफ्नो कानुनी पहिचान त्यागेका हुन्। यसै अवधिमा ५६ हजारभन्दा बढी नागरिकले आफ्नो नागरिकताको विवरण वा तथ्याङ्कमा संशोधन समेत गराएका छन्।

नेपाली नागरिकता त्याग्नुको मुख्य कारण विकसित मुलुकहरूको स्थायी बसोबास र त्यहाँको आकर्षक सेवा-सुविधा रहेको देखिन्छ। विशेषगरी अमेरिका, क्यानडा र युरोपेली देशहरूको नागरिकता लिने प्रक्रियामा रहेकाहरूले नेपालको नागरिकता त्याग्ने गरेका छन्।

नेपालको कानुनले दोहोरो नागरिकतालाई मान्यता नदिने भएकाले विदेशी पासपोर्ट लिनुअघि नेपाली नागरिकता त्याग्नु अनिवार्य हुन्छ। यसबाहेक, वैदेशिक रोजगारी, उच्च शिक्षा, विदेशी नागरिकसँगको विवाह र गैरआवासीय नेपाली नागरिकता लिने प्रावधानका कारण पनि नागरिकता त्याग्ने क्रम चलेको हो।

मन्त्रालयको तथ्याङ्कले नयाँ नागरिकता जारी हुने क्रम पनि उत्तिकै तीव्र रहेको देखाएको छ। सोही तीन महिनामा कुल २ लाख २ हजार ९५६ वटा नयाँ नागरिकता वितरण गरिएको छ। जसमध्ये १ लाख १९ हजार १२ जनाले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन्।

त्यसैगरी, वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या ३ हजार ३४० रहेको छ भने अन्य २६ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा