मध्यपूर्वमा तनाव: इजरायलद्वारा इरानमा ‘पूर्व-सतर्कता’ आक्रमण, तेहरानमा शक्तिशाली विस्फोट

तेल अभिभ/तेहरान । इजरायलले इरान विरुद्ध ‘पूर्व-सतर्कता’ (Pre-emptive) सैन्य आक्रमण सुरु गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले आज बिहान एक विज्ञप्ति जारी गर्दै ‘राज्यका खतराहरू हटाउन’ यो कदम चालिएको बताएका छन्। यससँगै इजरायलभर ‘विशेष र स्थायी संकटकाल’ घोषणा गरिएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानका विभिन्न स्थानमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्। फार्स न्युज एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्र, उत्तर र पूर्वमा कैयौँ मिसाइलहरू प्रहार भएको र नयाँ विस्फोटहरू भइरहेको रिपोर्ट गरेको छ। एसोसिएटेड प्रेसका अनुसार कतिपय आक्रमणहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिकै भएका छन्।

आक्रमणपछि इजरायलको विमानस्थल कार्यालयले सबै नागरिक उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र सर्वसाधारणलाई विमानस्थलमा नआउन आग्रह गरेको छ। यो घटनाले मध्यपूर्वमा ठुलो क्षेत्रीय युद्धको खतरा बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा