नेपाल बन्द आह्वानपछि दुर्गा प्रसाईँ पुनः पक्राउ

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज (आइतबार) बिहान पुनः पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निजी निवासबाटै नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रसाईँलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरिएको हो। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रसाईँले आज (फागुन १७ गते) का लागि ‘नेपाल बन्द’ (आम हड्ताल) को आह्वान गरेका थिए। निर्वाचन विथोल्ने र उत्तेजक अभिव्यक्ति दिई शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जवेगुले जानकारी दिएका छन्।

प्रसाईँ यसअघि पनि पटक-पटक पक्राउ पर्दै सर्वोच्च अदालतको आदेशमा रिहा हुँदै आएका थिए। पछिल्लो पटक फागुन १६ गते पक्राउ परेका उनी सर्वोच्चको बन्दीप्रत्यक्षीकरण रिटमा भएको आदेशपछि रिहा भएका थिए। तर, रिहा लगत्तै पुनः आन्दोलन र बन्दका कार्यक्रम घोषणा गरेपछि प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा