काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। हिजो तोलामा ४ सय रुपैयाँले बढेको सुनको भाउ आज एकैदिन २२ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ४ गते छापावाल सुनको प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।







